बिरगंज । नेकपा एमाले नगर कमिटी पोखरियाले प्रदेश २ को राजधानी बिरगंजलाई नबनाएकोमा पोखरिया मुख्यमंत्री लालबाबु राउटको पूत्ला जलाई बिरोध प्रदर्सन गरेको छ । नेकपा एमाले नगर कमिटी पोखरियाका अध्यक्ष बिधाचल ठाकुरको अध्यक्षतामा आज पोखरियामा बिरोध रैली निकाली नाराबाजी गरी बिरोध प्रदर्शन भएको छ । सो बिरोध रैली पोखरिया स्तिथ माध्यमिक बिधलायबाट शुरु भै मेनरोड , हुँदै पोखरिया अस्पताल अगाडी आइ समापन भएको थियो । सो बिरोध रैलिका सहभागीहरुले हाम्रो बिरगंजलाई कुर्सीसंग बेचन पाईदैन चोर मुख्यमंत्री चाईदैन , बिरगंजलाई ठग्न पाउदैन , बिरगंजलाई राजधानी बनाउनै पर्छ, बिरगंजको सहादत बलिदानलाई याद गर ,गद्दार मुख्यमन्त्री मुर्दाबाद , दलाल बिधायकहरु होशियार होशियार लगायतका नाराहरु पनि लगाएका थिए ।


सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइंचार्ज राजकुमार गुप्ताले सर्वगुण सम्पन्न बिरगंजलाई प्रदेश २ को राजधानी नबनाइ राम्रो सङ्ग ठगिएको बताउदै बिरगंजले बिगतका आन्दोलनहरुमा गरेको अतुल्य अमुल्य योगदान सहादत एवम बलिदानीको कदर नगर्नु बिरगंजको मात्र नभइ सम्पूर्ण पर्सा , बारा लगायत रौतहत बासीलाई ठगिएको र अपमान गरिएको छ र यो कार्यले प्रदेश सरकारलाइ निकै भारि पर्ने बताउनु भयो साथै हाम्रो आन्दोलन जारी छ र अब सम्पुर्ण दलहरु सङ्ग छलफल गरि व्यापक आन्दोलनको स्वरुप ल्याउने चेतावनी पनि दिनु भएको थियो बिगत दिनमा गरेको आन्दोलन जस्तो फेरी आन्दोलन हुने समेत जानकारी गराउनु भयो एक्लै लडेर लड़ाईं जितन नसकिने भएर हामी सबै एकजुट भएर लडनु परेको आवस्था आएको जिकिर गर्नु भयो यदि राजधानी बिरगंज भएन भने मधेश प्रदेश छोडी बग़माती प्रदेशमा जाने समेत बताऊनु भयो ।
उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , संजीव मिश्रा , तेजप्रकाश निषाद ,हीरा साह ,शम्भु गुप्ता, जिल्ला सचिव तथा छिपहरमाई गाऊपालिका अध्यक्ष मनोज गुप्ता , जगरनाथपुर गाऊपालिका अध्यक्ष ज़ालिम मियाँ , महानगर सचिव सुन्दर कुर्मी, जिल्ला कमिटी सदस्य भगवान कुर्मी , सुनील कुशवाहा , हनीफ़ मियाँ , लक्षमन चौरासिया , रामजी चौहान , राजेश सहनी , बिकाश पाण्डेय , अकलेश साह , राष्ट्रीय युवा संग नेपाल पर्साका अध्यक्ष महमद निजाम , पकहा मैनपुर गाऊपालिका कमिटी उपाध्यक्ष कृष्णा कुश्वाहा , भगवान पटेल लगायतको सहभागिता रहेको थियो ।