वीरगंज । नेकपा एमाले पोखरिया नगर कमिटीको बैठक तथा शपथ ग्रहण कार्यक्रम आज एक कार्यक्रम बीच सम्पन्न भएको छ । नगर कमिटीमा ७५ जना सदस्यको सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइंचार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुप्ता , बिशिष्ठ अतिथि प्रधूमन चौहान , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर लगायतकाले धारणा राखेका थिए ।नगर अध्यक्ष बिधाचल ठाकुरको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण नगर सचिव संतोष गिरीले गरेका थिए । यसैगरी आजै सम्पन्न नगर कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ। बैठकले बिरगंजलाई प्रदेशको राजधानी नबनाएकोमा हुने बिरोध तथा प्रदर्शन कार्यक्रमलाई सफल पार्न बिभिन्न किसीमका कार्यक्रमहरु तय गरेको छ । बैठकले आउने निर्वाचनको मतपरिणाम एमालेको पक्षमा पार्न टोल टोलमा संगठन बिस्तार पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।पोखरियामा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।