बिरगंज । मधेश प्रदेशको राजधानी जनकपुर बनाएको भन्दै पर्सा जिल्ला आन्दोलित भएको छ । पर्सा जिल्लाको बिरगंज देखी ग्रामीण भेगसम्म आन्दोलन सुरु भएको छ । बीरगन्जलाई राजधानी नबनाएको बिरोधमा नेकपा एमाले निकट भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल छिपहरमाई गाऊपालिका कमिटीले बिरोध प्रदर्शन गरेका छन्। मंगलवार छिपहरमाई गाऊपालिकाको भिसवामा निस्केको जुलुस मुख्यमन्त्री बिरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले मुख्यमन्त्री मुर्दा , बाद बिरगंज राजधानी हुनुपर्ने ,मुख्यमंत्री राजीनामा दे जस्ता बिभिन्न किसिमका नारा लगाएका थिए । बिरोध प्रदर्सन पछी आक्रोसित युवाहरूले मुख्यमंत्री लालबाबु राउट गदिको पूत्ला जलाएका थिए।टायर बाली प्रदर्सन पछी आन्दोलन कर्ताहरूले राजधानी जनकपुर होइन बीरगन्ज हुनु पर्ने माग गरेका थिए ।उक्त कार्यक्रममा गाऊपालिकाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।