बिरगंज । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरी काठमाण्डौ लग्दै गरेको ट्रक सहित चालक लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । प्रहरी ले वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित माईस्थान सडकखण्डमा प्र.२-०३-००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनाल ले जानकारी दिनु भएको छ । उहाँ ले ट्रक तथा चालक वीरगञ्ज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने वर्ष ३२ को रौफ आलमलाई नियन्त्रणमा लिईएको बताउनु भयो । प्रहरी ले रू.५०,००,०००।–(पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाएको छ ।