बिरगंज । मधेश प्रदेशको राजधानी जनकपुर बनाएको भन्दै पर्सा जिल्लाको बिरगंज लगायत गाऊँ गाऊँमा आन्दोलन सुरु भएको छ ।आज पनी बिरगंज लगायत पर्सा जिल्लाको गाऊँमा पनी आन्दोलन भएको छ ।पर्सा जिल्लाको बिरगंज देखी ग्रामीण भेगसम्म आन्दोलन सुरु भएको छ । बीरगन्जलाई राजधानी नबनाएको बिरोधमा नेपाली कांग्रेस पकहामैनपुर गाऊपालिका कमिटीले बिरोध प्रदर्शन गरेका छन्। बिहिबार पकहामैनपुर गाऊपालिकाको मधुबनीबाट निस्केको जुलुस मुख्यमन्त्री बिरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले मुख्यमन्त्री मुर्दाबाद , बिरगंज राजधानी हुनुपर्ने ,मुख्यमंत्री राजीनामा दे जस्ता बिभिन्न किसिमका नारा लगाएका थिए । बिरोध प्रदर्सन गरी मुख्यमंत्री लालबाबु राउट गदिको पूत्ला जलाएका थिए । टायर बाली प्रदर्सन पछी आन्दोलन कर्ताहरूले राजधानी जनकपुर होइन बीरगन्ज हुनु पर्ने माग गरेका थिए ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका राकेश कुशवाहा, सिन्दु मेहता , लक्षुमन पटेल, बीरेन्द्र यादव , ढेरी यादव, सुरेश मेहता , दीपक बर्णवाल लगायत गाऊपालिकाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।