वीरगन्ज ।अखिल नेपाल पिछडाबर्ग (OBC)महासंघ ओविसी पर्साले आज वीरगन्जको माईस्थान चैकमा पेट्रोलियम पदार्थमा भएकोको मुल्य वृद्धि लाई लिएर प्रदशन गर्नुको साथै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुतला जलाएका छ ।
ओबिसी केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको नेतृत्वमा आज वीरगन्जको माईस्थान चैकमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि लाई लिएर प्रदर्सन गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर , परमादेशि सरकार मुर्दाबाद , जन्तालाई मार्न पाईदैन, निकम्मा सरकार मुर्दाबाद , रेनु यादवको मन्त्री पद खारेज गर सरकार लागाएतको नरा लगाउदै प्रदशन गर्नु को साथै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् ।
कार्यक्रममा ओबिसीका केन्द्रिय उपाध्यक्ष अकलेश साह , सहसचिव धनराज गुप्ता , केन्द्रीय सदस्य राजेस सहनी , शंकर यादब , जिल्ला अध्यक्ष प्रमोद महतो , उपाध्यक्ष अरुण कुशवाहा , सचिव भगवान् लाल पटेल , रामकुमार पटेल , धनजय गुप्ता , भोला यादब , कृष्ण कुशवाहा लगायतको सहभागिता रहेको थियो ।