वीरगञ्ज । कृषि विकास बैंकको ५५ औँ बार्षिकोत्सव शुक्रवार वीरगञ्जमा पनि मनाईएको छ । बार्षिकोत्सवको अवसरमा सो बैंकले मानव सेवा आश्रम वीरगञ्जका ६० जना आश्रीतलाई एक छाक दिवा खाना खुवाएको थियो । आश्रमका वीरगञ्ज संयोजक सानु मानवसेवाले सहजीकरण र सञ्चारकर्मी उर्मिला सापकोटाले सहयोगी भूमिका निर्वाह गरेको कार्यक्रममा बैंकका साखा प्रमुख देबेन्द्र यादव, साखा अधिकृत सुनिल श्रीवास्तव, कर्जाप्रमुख रघुनाथ मुखियाले संयुक्तरुपमा दियो बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । आश्रमका आश्रीतलाई खाना खुवाउँदा जिवनमा सवै भन्दा बढि आनन्द प्राप्त भएको बैंकका अधिकारीहरूले बताए । बैंकका अधिकृत गुरुदेव उपाध्याय मार्फत आफुहरुले जानकारी पाए पछि आश्रममा कार्यक्रम बनेको शाखा प्रमुख यादवले बताए । पहिलो पटक आश्रममा पुगेको बताउँदै कृषि विकास बैंकका अधिकारीहरूले मानव सेवाको अनुपम कार्य आश्रममा पाएको बताए । अव हरेक कार्यक्रममा आश्रमलाई प्रथमिकतामा राख्ने बैंकका अधिकारीहरूले प्रतिवद्धता जाहेर गरेको छन् ।