

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्थित पुर्व पश्चिम कोशि कनालको पम्प नहरबाट अबैध लागू औषध सहित दुई जना युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरि ठुलो परिणाममा पक्राउ परेका लागू औषध सहित ती युवकलाई आज सार्वजनिक गरेका छन । प्रहरीले अबैध लागू औषध सहित सप्तरीको तिरहुत गाउपालिका वडा न.५ का २७ बर्षिय राज कुमार मेहता , सोही ठाउका १९ बर्षिय सिन्धु सदा र अग्निसाइर कृष्णाशवरण गाउपालिका वडा न.६ का २५ बर्षिय बेजु साहलाई अबैध लागू औषध सहित प्रहरीले सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।उहाका अनुसार पक्राउ परेका युवाहरुको साथबाट डा इलेक्स डिसि १०० एमेलको १९० बोतल , डाइजेपाम २ एमेलको ९५ इन्जेक्सन , फेनारगन २ एमेलको ९५ इन्जेक्सन र लेजिस्टिक २ एमेलको ९५ इन्जेक्सन बरामद गरिएको सप्तरी प्रहरीले जनाएको छ । चेकजाचको क्रममा प्रहरीले उनिहरु सवार को. २३ प २७७३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पत्रकार सम्मेलनमा डिएसपि काफ्लेले जानकारी दिनुभयो । यता बरामद गरिएको अबैध लागू औषध तथा युवकलाई थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । पछिल्लो पटक सप्तरीको सिमावर्ति कोनोलि , नियनेर ,अन्रामण्ढ ,लोहकी ,भिमनगर ,बिरपुर लगायतका स्थानबाट युवाहरुले अबैध लागू औषध ओसारपोसर गर्नेहरुको सङ्ख्यामा बृद्धि भएको स्थानीयबासिहरुको भनाइ रहेको छ ।