बीरगंज । पर्सा जिल्लाको सम्पूर्ण सरकारी कार्यालय बिरगंजमा मात्र रहेकोले अब सबै सरकारी कार्यालयको शाखा कार्यलय पोखरियामा खोल्न माँग उठेको छ । वीरगंजमा रहेका सरकारी कार्यालयको सेवा केन्द्र जिल्लाको मध्यम भागमा रहेको पोखरिया नगरपालिकामा हुनपर्ने भन्दै सङ्घर्ष समितिको विस्तारित बैठक आज सम्पन्न भएको छ ।
वीरगंजमा रहेको जिल्ला प्रसाशन कार्यालय , ,मालपोत कार्यालय , भुमि सुधार कार्यालय ,नापी कार्यालय लगायत जस्ता कार्यालयको सेवा केन्द्र पोखरियामा हुनुपर्ने भन्दै नेजामोदिन समानिको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
साथै बैठकले पोखरिया जिल्ला अस्पताललाई ५० श्याको पुर्याउन पहल गर्ने निर्णय गरेको छ । बैठकमा माघ १८ गते यो सबै माग पूरा गराउनको लागी डेलिगेशन लिएर सम्बधित मन्त्रालयमा जाने निर्णय समेत गरेको छ ।
बैठकमा निलम्बित सांसद हरिनारायण रौनियार , नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रद्युमन चौहान , रामबाबु बैठा , सत्रुधन गिरि , आशा चौहानका साथै बिभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।