बिरगंज । पर्साको जिराभवानि गाउँपालिकाबाट प्रहरीले गएराती अबैध लागू औषध गाजा बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक तिर्थ बहादुर खत्रीको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले राती १०:३० बजेको समयमा जिराभवानी गाउँपालिका वार्ड नम्बर तीन जितपुरको पोखरी नजिक बाट ३० किलो अबैध लागू औसध गाजा बरामद गरेको हो।
प्रहरीको गस्ती टोलिलाई देख्ने बितिकै तस्करहरुले गाजा फालेर भागेकोले पक्राउ गर्न नसकिएको प्रहरीले दाबी गरेको छ ।बरामद गरिएको गाजा लाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने त्यारी भईरहेको प्रहरीले जनाएको छ ।