जीराभावानी, पर्सा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जीराभावानी गाउँपालिका अधिवेशनबाट सरोज चौरसिया सभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
अधिवेशनमा सहभागी क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ताहरूको व्यापक सहमति र सहकार्यमा चौरसियाको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।
गाउँपालिकाको नयाँ नेतृत्व चयनका लागि आयोजना गरिएको उक्त अधिवेशनमा संगठनलाई सुदृढ, एकताबद्ध र सशक्त बनाएर लैजाने प्रतिबद्धतासहित चौरसियालाई सभापतिको जिम्मेवारी सुम्पिएकाे नेताहरूले बताएका छन्।
नवनिर्वाचित सभापति चौरसियाले आफूलाई सर्वसम्मत रूपमा चयन गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले गाउँपालिकामा पार्टी संगठन निर्माण र लोकतान्त्रिक मूल्य-मान्यताको प्रवर्द्धनका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।