जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ।
क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत यही असोज २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।
जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीका अनुसार प्रतियोगिताको फाइनलमा प्रथम हुने टोलीलाई नगद ५० हजार रुपैयाँ तथा दोस्रो हुने टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
अध्यक्ष चौधरीका अनुसार प्रतियोगितामा विभिन्न भेट्रान खेलाडी तथा टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।