जिराभवानी । लगातारको अविरल वर्षा र भीषण हावाहुरीका कारण पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर २ को काठमाडौटोलमा ठूलो भौतिक क्षति भएको छ।
अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण स्थानीय जंगाली मिर्दाहाको टिनले छाएको घर पूर्ण रूपमा ध्वस्त भएको छ। हावाहुरीले घरको टिनको छाना उडाउनुका साथै गारो समेत ढालेपछि घर छिन्नभिन्न बनेको हो।
घटनामा घरभित्र रहेका पशुचौपाया (बाख्रा) समेत च्यापिएर प्रभावित भएका छन्। त्यसैगरी, वर्षभरि खानका लागि थुपारेर राखिएको धानको भकारी समेत हावाहुरी र पानीका कारण पूर्ण रूपमा क्षति भई नष्ट भएको छ। घर तथा अन्नपात र पशुचौपाया समेत क्षति भएपछि पीडित मिर्दाहाको एक पीडित परिवारले बताए ।
अचानक आएको हावाहुरीले सर्वस्व गुमेपछि पीडित परिवारले तत्काल राहत र उद्धारका लागि स्थानीय सरकार, वडा कार्यालय, प्रहरी तथा सम्बद्ध निकायसँग सहयोगको गुहार लगाएका छन्।
घटना बारे अहिले सम्म न स्थानीय प्रहरी प्रसाशन गाको छ न स्थानीय सरकार स्थानीयहरुले पीडित परिवारलाई तत्काल सुरक्षित वासस्थान र राहत सामग्री उपलब्ध गराउन माग गरेका छन्।