बारा । मन्दिर उद्घाटन गर्न पुगेका पूर्वमन्त्री जितेन्द्र सोनल आफ्नै गाउँवासीबाट लखेटिएका छन् । बाराको परिवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमालमा निर्माण सम्पन्न भएको ब्रह्मबाबाको मन्दिर उद्घाटन गर्न शनिवार मन्त्री सोनल दलबलका साथ लिपनीमाल पुगेका थिए तर स्थानियहरुले पूर्वमन्त्री सोनलसँग मन्दिरको उद्घाटन गराउन नमाने पछि बिवाद सृजना भएको थियो ।
स्थानिहरुका अनुसार राय सल्लाह बिना पूर्वमन्त्री सोनलले मन्दिरको सिलालेखमा आफ्नो नाम लेखाउनका लागि मन्दिर उद्घाटन गर्न खाजेको भन्दै बिरोध जनाएका थिए । स्थानियहरुले नेता सोनलले मन्दिरमा समेत राजनितिक गर्न खाजेको आरोप लगाएका छन् ।
प्रदेश सरकार भौतिक पूर्वधार बिकास मन्त्रालको ८ लाख एंव स्थानिय सरकारको ५ गरी कुल १३ लाख रुपैयाको लागतमा निर्माण भएको मन्दिरको सिलान्यसको क्रममा पनि बिवाद भएको थियो ।
मन्दिर उद्घाटनको क्रममा कैचीबाट रिबन काटन खोज्दा हो हल्ला गर्दै स्थानियहरु नेता सोनलमाथी खनिएका थिए । सो क्रममा बिवादले उग्ररुप लिएपछि मन्दिर उद्घाटन गर्न नपाउँदै पूर्वमन्त्री सोनल प्रहरी सुरक्षाको घेरामा भागेका थिए । उनको सुरक्षामा खटिएका प्रहरीलाई भिडलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । सो क्रममा स्थानिय तथा पूर्वमन्त्री सोनलका पक्षधरहरु बिच धक्कामुक्की समेत भएको थियो ।
दोहरो बिवादको क्रममा मन्त्री सोनल सहितका केही स्थानियहरुलाई समेत समान्य चोटपटक लागेको स्थानिय युवा नेता राजेश यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा अनुसार परवानीपुरमा मन्दिर उद्घाटनको क्रममा समान्य बिवाद भएको भए पनि स्थानियहरुकै रोहवरोहमा बिवाद सामान्य भएको थियो । यता गाउँवासीको बिरोधका कारण मन्दिरको उद्घाटन नगरी नेता सोनल भागेको स्थानिय युवा यादवको भनाई छ ।