नेपाली काङ्ग्रेसका नेता दीपेन्द्र चौहान पर्सा क्षेत्र नं. १ बाट १५ औं केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
पार्टी संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा र जनताका हक-हितका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका चौहान सर्वसम्मत निर्वाचित भएपछि नेता तथा कार्यकर्ताहरूले बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
निर्वाचित भएपश्चात् चौहानलाई समर्थक, शुभचिन्तक तथा पार्टी कार्यकर्ताहरूले फूलमाला, गम्छा र बधाई ज्ञपनका साथ स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा उपस्थित नेता-कार्यकर्ताहरूले उहाँको नेतृत्वले क्षेत्र तथा समग्र पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
बधाई दिँदै शुभचिन्तकहरूले चौहानको सुखद र उज्ज्वल राजनीतिक यात्राको कामना गरेका छन्।