वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर वीरगन्ज तर्फ लाउदै गरेको लताकपडा तथा खााद्यान्न सामाग्रीहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छलेर ओसार पसार गर्दै गरिरहेको अवस्थामा रू.४,२८,६६०।– ( चार लाख अठाइस हजार छ सय साठी ) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताएका छन् । नियन्त्रण लिएको समानहरू आवश्यक कारवाहीका लागि गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले बताउनुभयो ।