बिरगंज । अत्याधिक चिसो बड्दै गइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सेढवाले न्यानो कपडा तथा मास्क बितरण गरेको छ।जिल्ला विपत्व्यवस्थापन समिति पर्साले उपलब्ध गराएको न्यानो कपडा टोपी,हाइनेक र कम्मल उपलब्ध गराइएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक तिर्थ बहादुर खत्रीले जानकारी दिए।जिल्ला बिपत्व्यवस्थापन समितिले उपलब्ध गराएको ७० सेट न्यानो कपडा जिराभवानी गाउँ पालिकाका ५ वटै वडामा वितरण गरिएको पनि प्रहरी नायव निरीक्षक खत्री ले जानकारी दिए ।प्रहरी नायव निरीक्षक खत्रीका अनुसार जिल्ला बिपत् व्यवस्थापन समितिले उपलब्ध गराएको न्यानो कपडा गरिव,जेष्ठ नागरिक,तथा दलित समुदायका अति बिपन्न व्यक्तिहरुलाई उपलब्ध गराइएको हो।ईलाका प्रहरी कार्यालय सेढवा परिसरमा पाच वटै वाडाका व्यक्ति हरुलाइ बोलाइ न्यानो कपडा बितरण गरिको पनि प्रहरी नायव निरीक्षक खत्री जानकारी दिए।न्यानो कपडा बितरण कार्यक्रम मा जिराभवानी गाउँ पालिकाका उपप्रमुख उषा देवि थरुनी सबै वार्ड का प्रतिनिधि बुद्धिजिवि लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।