वीरगंज । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएपछि पर्सामा सुरु भएको आन्दोलन आठौ दिन पनि जारी रहेको छ । वीरगंजलाई प्रदेशको राजधानी बनाउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएको संयुक्त युवा विद्यार्थी संगठनले आठौ दिन मंगलबार जुलुश प्रदर्शन गरेको छन।
पर्साको परवानीपुरबाट संजय मण्डलको नेतृत्वमा निस्केको परवानीपुर चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुशमा सहभागिहरुले गद्दार मुख्यमंत्री मुर्दाबाद, जनकपुरलाई राजधानी मानदैनौ, वीरगंजलाई राजधानी कायम गर, गदार बिधायक मुर्दाबाद लागायतको चर्को नारा लगाएका थिए ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारी नियम अनुसार २५ जना जतिको सहभागितामा आन्दोलन जारी राखिएको आन्दोलनकारी सुजित गिरीले वताए ।कोरोनाको जोखिम हटे संगै हजारौको संख्यामा गाउँ गाउँबाट जारी आन्दोलनमा सहभागिता गराइनले उनले वताए ।कोण सभामा बोल्दै गिरीले वीरगंजको मतबाट जितेका मुख्यमन्त्री लालबाबु राउतले वीरगंजसंग गद्दारी गरेको भन्दै आक्रोश पोखेका थिए ।
कार्यक्रममा राजू गुप्ता , महादेव पटेल , अजय महतो , कृष्णा पटेल , भूपेन्द्र साह , अली हसन , सागिर अली , तनबिर अंसारी लगायतको सहभागिता रहेको थियो ।