बिरगंज । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा )एमालेका पोखरिया नगरपालिका वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष राधामोहन मुखिया बिनको आज अन्त्येष्टि गरिएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया बिर्ता निवासी बिनको गाऊँ कै घाटमा हिन्दू धर्म अनुसार अन्त्येष्टि गरिएको हो ।
बिनका जेठो छोराले बुवालाई दागबती दिएक थिए भने अन्त्येष्टिमा सयौको सहभागिता रहेको थियो ।
त्यस अघी बिनको पार्थिव शारिरमा पार्टीको झण्डा ओढाएर नेताहरुले अन्तिम बिदाई गरेका थिए । नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , संजीव मिश्रा , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , सचिव संतोष गिरी , सह सचिव मुस्तफा आलम , नेता प्रमोद चौहान , बुनी पटेल लगायतका नेताहरूले संयुक्त रुपमा बिनको पार्थिव शारिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बिन प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेताहरुले पार्टीले एउटा कुशल र इमन्दार नेता गुमाएको बताए । बिनको निधनले पार्टी पंक्तिमा अपुर्निय क्षति पुगेको अन्त्येष्टिमा सहभागी नेकपा प्रदेश कमिटी सदस्य संजीव मिश्राले बताए ।
६६ बर्षिय बिनको माघ १२ गते बुधवार बिहान असमायिक निधन भएको थियो ।
२०४६ साल देखी नै नेकपा एमालेमा लागेका नेता बिन मृगौला रोगका बिरामी थिए । बिन निषाद संघका अगुवा पनी थिए । उनको असमायिक निधनले गाऊँ नै शोकमा डूबेको छ ।
यो दुःखको घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा ज्योति दैनिक परिवार गहिरो समवेदना प्रकट गर्दछ ।
