वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड ६३ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ भारतीय दुतावास नजिकैको सडकखण्डबाट ना.४ ख ८३३४ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिलबिजकभन्दा बढी खुद्रा सामाग्री बुटवलतर्फ लैँजादै गरेको सूचनाको आधारमा प्रहरी खटिएको हो ।
बरामद सामाग्रीसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।