काठमाडाैं । पाँच दलीय गठबन्धन एकातिर र आफू एकातिर हुँदा पनि राष्ट्रिय सभा सदस्य चुनावमा नेकपा एमालेले एउटा सिट जितेकाे छ ।
आगामी फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि आज सातै प्रदेशमा चुनाव भएकाे थियाे । साे चुनावकाे मतपरिणाम अनुसार प्रदेश-१ बाट अल्पसंख्यकतर्फ एमालेका अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी हुनुभयाे । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा प्रदेश-१ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
प्रदेश-१ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी भएपछि गाेलाप्रथाबाट गठबन्धनका उम्मेदवारले वाजी मारे । प्रदेश-१ बाहेक एमालेले अरु प्रदेश ७ सिट गुमायाे । ७ सिट गुमाएपनि संघीय संसद्काे माथिल्लाे सदन राष्ट्रिय सभामा एमाले नै पहिलाे दलका रुपमा कायम हुनेछ । एमालेले आज गुमाएको ७ सिटमा कांग्रेसले ३, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १-१ तथा जसपाले १ सिट जिते ।
राष्ट्रिय सभामा पहिलो ठूलो दल भने एमाले नै रहनेछ । अहिले राष्ट्रिय सभामा एमालेकाे २४ सिट छ । आज ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल रहनेछ ।
माओवादी केन्द्रकाे १५, कांग्रेसकाे १०, एकीकृत समाजवादीकाे ८ र जसपाकाे ३ सिट पुगेकाे छ । गठबन्धनका कारण जनमाेर्चालाई भने फाइदा भएकाे छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएकाे छ । राष्ट्रिय सभामा जनमाेर्चाले पहिलाे पटक इन्ट्रि गरेकाे हाे ।