वीरगञ्ज । भारतीय गाडीको ठक्करबाट बारा जिल्लामा दुईजनाको मृत्यु भएको छ ।बुधबार कलैया उपमहानगरपालिका वडा ५ को कलैया-वीरगञ्ज सडकस्थित विजय आयल स्टोर अगाडि भारतीय गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साह रहेका छने
।कलैयाबाट वीररञ्ज जाँदै गरेको बी आर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी
अस्पताल वीरगञ्ज पठाइएको थियो ।
नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
फरार गाडी चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।