सिरहा । सिरहाको सखुवान्नकारकट्टी गाउँ पालिका वडा नम्बर २ पटनामा घरायसी विवादका कारण बुवाले छोराको टाउकोमा माथी बन्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ।
गाउँलेहरुको अनुसार बुवा सोनाई सदा विहान देखि नै मदिदार सेवन गरेर मतवला भएका थिए । बुवा
सोनाई सदा र बुहारीसंग घरायसी कामकाजको बिषयमा विवाद भएको थियो तर छोराले बुवालाई सम्झाउन खोज्दा उल्टै छोरामाथी बुवाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको गाऊँले हरूले बताएका छन ।
६० बर्षीय सोनाई सदा आफनै ३० बर्षीय छोरा प्रमेश्वर सदा माथि बन्चरो प्रहार गर्दा घटना स्थलमै छोराको मृत्यु भएको थियो।
मृतकलाई सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मार्ग अस्पताल पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता सुबास बूढ़ाथोकीले जानकारी दिनुभयो।
बञ्चरो प्रहार गरेर हत्या गरेका बुवा सोनाई सदालाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडी बढ़ाइएको प्रहरी नायब उपरिक्षक बूढ़ाथोकीले बताए ।