बीरगन्ज । पर्साको सखुवाप्रसौनीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरले पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीलाई ठक्कर दिएको हो।
ठक्करबाट बुधबार दिउँसो घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।