बिरगंज । प्रतिबन्धित लागूऔषध गाँजासहित पर्सा प्रहरीले बाउछोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले साहको घरमा छापामारी गरेर गएराती उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले गणेश साह कलवारको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले गणेश साह र सन्तोष साह कलवारबाट ७४ केजी तथा सुरेस दास र दसाही दासबाट ७ केजी लागू औषध गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि इलाका प्रहरी कार्यालय पोखरियाबाट लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार साहको घरबाट प्रहरीले ७४ किलोग्राम गाँजा बरामद गरेको छ ।
साहको घरबाट गाँजाको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापामारी गरिएको डिएसपी खनालले जानकारी दिए । साहले घरको पूर्वपट्टीको कोठाको खाटमुनी सुनियोजित तरिकाले गाँजालाई लुकाएर राखेको थिए ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए ।