बारा।बाराको करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा निर्माण सम्पन्न भएको प्रहरी चौकी मधुवनको भवनको उद्घाटन प्रमुख अतिथी करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामी र कार्यक्रमका विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रमुख दिलिप सिंह देउवाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रहरी प्रमुख देउवाले प्रहरी नै असुरक्षित भएको समयमा प्रहरी चौकी निर्माण गरि सहयोग गरेकोमा उनले गाउँपालिकालाई धन्यवाद दिँदै आउने दिनमा गाउँपालिकामा अपराध निर्मलीकरणका लागि यस्तै सहयोगको अपेक्षा रहने बताएका छन् । गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष सोनालाल साहको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा निर्माण समितिका अध्यक्ष राकेश साहलाई गाउँपालिका अध्यक्ष धामी र प्रहरी प्रमुख देउवाले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।