वीरगञ्ज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल पिछडाबर्ग (OBC) महासंघले आगामी निर्वाचन सममै गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ओबीसी केन्द्रीय कार्य समितिले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै आगामी निर्वाचनमा ढिलाई नगर्न माग गरेको छ ।
हाल निर्वाचीत जनप्रतिनीधिहरुको समयअवधि सकिने बित्तिकै नयाँ जनप्रतिनीधिहरु आउनुपर्ने अवस्थाको सृजना हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जनप्रतिनीधिविहिन हुनुपर्ने अवस्था नआओस् भन्नका लागि पनि मानिसहरु जागरुप भईसकेको सन्देश प्रवाहका लागि पनि ज्ञापन पत्र बुझाइएको ओबीसीका केंद्रीय अध्यक्ष तेजप्रकाश निषादले बताए ।
‘संविधानको धारा २२५ अनुसार ६ महिना भित्र गाउँ÷नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भन्ने बुँदालाई अपव्याख्या गर्दै ऐन नै संसोधन गर्न गृहकार्य गर्ने कार्य अत्यन्तै निन्दनिय एवम् संविधानसभाको संवैधानिक मनसाय विरुद्धको कार्य हो भन्ने हाम्रो ठम्याई हो ।
तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गराउन ओबीसीले माग गरेको छ । मागको सम्बोधन नगरे लाखौ मानिसहरु लोकतन्त्र बचाउने लडाइमा पुन एकपटक सडकमा उतार्न बाध्य हुन सक्ने चेतावनी समेत दिएका छन ।
२०७९ जेठ ७ गते स्थानीय तहका जनप्रतिनीधिहरुको पदावधि समाप्न हुने हुँदा त्यो अवधिसम्म नयाँ जनप्रतिनीधि निर्वाचित हुनुपर्ने हो।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनुपर्ने व्यवस्था रहेको छ ।
समयमै निर्वाचन नभएमा जनप्रतिनिधिविहीन बन्ने स्थानीय तहले एकातिर बजेट ल्याउँन नसक्ने र अर्कोतिर सञ्चित कोषको रकम खर्च हुने अवस्था नहुँदा विकासको परिकल्पना गर्न नसकिने ज्ञापन पत्रमा उल्लेख छ ।
ओबीसी केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद , उपाध्यक्ष अकलेश साह , केन्द्रीय सदस्य राजन साह, जिल्ला उपाध्यक्ष अरुण कुशवाहा , जिल्ला सचिव भगवानलाल पटेल लगायतको टोलीले प्रजिअ ढकालमार्फत ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।