बिरगंज । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र न.१ द्वारा सहिद दिवसको उपलक्ष्यमा मानव सेवा आश्रम बिरगंज आश्रममा रहेका ६५ जनालाई खाना खुवाएको छ।
सभासद तथा नेपाली काङ्ग्रेस पर्साका पुर्ब सभापति राजेन्द्र बहादुर अमात्यको प्रमुख अथित्यमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका उप सभापति प्रकाश उपाध्याय,सचिव श्याम पटेल ,बिरगंज महा.नपा.का उप प्रमुख शान्ति कार्कि, नेका बिरगंज महनगर सभापति भोला प्रसाद कलवार,महाधिवेशन प्रतिनिधिहरु मनाेजा चाैधरी, मिन्टु सिह, उतमा प्याकुरेल ,निर्मला सिह,मधेश प्रदेश सदस्य ताज असारी,पिन्कि सिह, वडा अध्यक्ष दशरथ पटेल,कबिर असारी,माे फकरुदिन,धिरज गुप्ता लगायतकाे उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेस क्षेत्र न.१ काे सभापति अरबिन्द कुमार गुप्ताकाे सभापतित्वमा भएको कार्यक्रमकाे सन्चालन क्षेत्रीय सचिव हरि यादवले गर्नुभयाे।