नेपाल रेल्वे माध्यमिक विधालय को प्राङनमा सरस्वती माताको मन्दिरको स्थापना र पुर्व प्रधानाध्यापक स्व वृजभुषण लाल दासको सालिक अनावरण भएको छ ।
वृजभुषण लाल दास बि. स २०२२ देखि २०५५ सम्म करिब ३६ वर्ष रेल्वे स्कुलमा प्रध्यानाध्यापक भएर काम गर्नु भएको थियो ।
पूर्व प्रधानाध्यापक स्व वृजभुषण लाल दास का कान्छा छोरा डा सचितान्नद लाल कर्ण ले धेरै पहिला नै बुबाको सालिक अनावरण गर्न चाहेको ढिलो भए पनि आज अनावरण भएको मा खुशी लागेको बताउनु भयो । डा सचितानन्द कर्ण ले वुबा को नाम मा अक्षय कोषको स्थापना गरिब जेहेन्दार विधार्थी लाई दिने र ५ हजार नगद सहित शिक्षक हरु लाई सम्मान गर्ने घोषणा गर्नु भयो ।