बारा। बारामा असिना पानीले गर्दा जनजीवन प्रभावित भएका छन् ।एक्कासि पानी पर्नाले खेतमा लगाएको अालू देखि लिएर तरकारीबालीमा असर पुगेको छ।बाराको १६ पालिकाको विभिन्न ठाउँमा परेको असिना पानीले किसानलाई लाखौंको क्षति भएको छ ।किसानलाई मात्र नभएर ईट्टा भट्टा सञ्चालन गरेका व्यावसायीहरुलाई झन् नोक्सानी भएको छ ।लाखौं ईट्टाहरु वर्वाद भएको छ ।सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका ,पचरौता नगरपालिका लगायतको नगरपालिकामा सञ्चालन रहेको चिमनी अर्थात ईट्टा भट्टमा ठुलो रकमको नोक्सानी भएको छ ।बैमौसमी बर्षाले ईट्टाहरु बर्बाद भएका हुन ।असिना पानीले सबै क्षेत्र प्रभावित बन्न पुगेका छन् ।नजिकै अाएको वसन्तपञ्चमी बढी प्रभावित बन्न पुगेका छन् ।बिधार्थीहरुमा खुशीयाली छाउनुको सट्टा निराश छाएको छ ।बारा लगायत मधेस प्रदेशको जनजीवन प्रभावित भएका हुन ।मौसम खराब हुँदा ,वृद्धवृद्धा,बालबालिका तथा चौपायाहरु बढी प्रभावित भएका हुन ।तराईको तापक्रम एक्कासि घटेको र जोडको हावाले सर्वसाधारण जनतालाई समेत सास्ती भएको छ ।