बिरगंज । पर्साको धोबिनी गाऊपालिकाका योजना शाखा प्रमुख पाप्पु पटेलमाथी दुर्व्यवहार गर्नेलाई बचाऊँन सेफलेंडिंग अपनाइएको छ । नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष तथा बिन्दबासिनी गाऊपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरिले एक कार्यक्रम बीच बोल्दै धोबिनी गाऊपालिका अध्यक्ष सुरेश प्रसाद कर्मीले जारी गरेको वीज्ञपतिमा कुनै सत्यता नरहेको बताएका छन ।
गत माघ १३ गते कार्यपालिका सदस्य शान्ति देवीका श्रीमान धर्मन राउत कुर्मीसहित ५/७ जानाको समूहले किन योजना संचालन गर्यो , किन मैले भनेको ठेकेदारले योजना पाएन भन्दै २ घण्टा योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा थुनी गली ग्लोज गरेका थिए । पछी बाहिरका कर्मचारीले देखी प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछी कुर्मीसहित आएका ५/७ जानाको समूहले भागेको अध्यक्ष गिरिले बताए ।
धोबिनी गाऊँपालिका अध्यक्ष कुर्मीको सल्लहकारले सलाह दिएको अनुसार घटना भएको यति दिन भईसक्यो , विभिन्न किसिमका प्रेसरहरु क्रिएट भएका छन दोषीमाथी कार्यवाही गर्नलाई त्यसैले दोषीलाई बचाऊँन सेफ लेंडिंग खोज्दै हिसाबले बिज्ञप्ती मार्फत यो सब कुरा अगाडी ल्याइएको हो यो सब बनावटी कुरा मात्र हो यसमा कुनै सत्यता नरहेको अध्यक्ष गिरीले बताए ।
गाऊपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत राजु साह बीच लामो समय देखी बीबाद चलदै आएको कुरा सबैलाई नै थाह छ भने गिरीले बताए ।
साथै पर्सा जिल्लाको पालिकामा राजनीति गरेको जनप्रतिनिधि जितनु भएको ठाऊमा काम गर्न एकदम सजिलो रहेको र ब्यपारि , ठेकेदार भएको ठाऊमा काम गर्न अली गाह्रो हुने गरेको उहाँले बताऊँनु भयो । स्थानीय तहमा बिकाश गर्न भिजन हुनुपर्ने , राजनीति गरेको ब्यक्ति हुने पर्ने र त्यो कार्यकर्मलाई हेरीदिने राम्रो कर्मचारीतन्त्र हुनु पर्यो यति भयो भने कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध राम्रो हुन्छ भने बिकास पनी हुन्छ । तर अहिले जनप्रतिनिधिहरूले कर्मचारीलाई मेरो कामको बाधक हो जस्तो हेरिने गरेका छन । जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध ठीक नभए करोड़ों रकम फ्रिज हुने , बजेट लायप्स हुने , योजनाहरु समयमा संचालन नहुने यस्ता समस्याका कारण बिकास नहुने गरेको बताए ।
जनप्रतिनिधिहरुले नियमसंगत , कानुनसंगत , जनताको हितसंगत कुरा ल्याउनु भयो भने एकदम कर्मचारीले गर्नेछ तर ब्यक्तिगत फाईदाका कुराहरु ल्याउनु भयो भने कर्मचारीले गरदैनौ बताए ।
कर्मचारी माथी दुर्व्यवहार भएको घाटन जिल्ला प्रसासन कार्यालय पर्सा प्रमुख जिल्ला अधिकारीलाई तत्कालै फोन मार्फत जानकारी गराएका थिए । पछी जाहेरी लिएर जिल्ला प्रहरी कार्यलय पर्सामा गयो । ईलाका प्रहरी कार्यलय पोखरियामा पनी गयौ तर जिल्ला देखी स्थानीय प्रसासनले कार्यवाहीको लागी केही गति देखाएन। त्यस पछी २४ घण्टा भित्र कार्यवाहीको माँग गर्दै जिल्ला प्रसाशन कार्यालय अगाडी २ घण्टा धर्ना समेत दिएका थियो । यति हूदा भए पनी हामीले जिल्ला सरकारी वकील कार्यलय मार्फत जाहेरी दर्ताको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दिएका छौ तर अहिले सम्म दर्ता भएको छैन यदि दर्ता भएन भने थप आन्दोलन घोषणा गर्नेछौ। यो हाम्रो अधिकारको कुरा हो तर कार्यस्तलमा कुटाई खाएर गाली खाएर काम गर्न सक्दैनौ उहाँले बताए । यदि जनता संचारकर्मी बेला बेलामा खबरदारी गर्दै आयो भने जनप्रतिनिधि तथा कर्मचारी कसैले गल्ती गर्न छूट पाऊँदैन । यसका लागी अब जनता जागरुक हुन जरुरी छ अध्यक्ष गिरीले बताए।