

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्साले २४औं स्थापना दिवस शुभ आदान प्रदान गरि मनाएको छ । नोपल पत्रकार महासंघ पर्साको सभकक्षमा एक समारोहका बिच आफनो गौरवशाली संस्थाको बिगतमा पाएको उपलब्धी बर्तमानको अवस्था र भोलीका लागि नयाँ रणनिति निमार्ण गर्दै अघि बढ्नु पर्नेमा चौतारीका नेताहरुले जोड दिएका थिए । प्रेस चौतारीका पर्सा अध्यक्ष श्याम बंजारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष लालबाबु शेष, नेकपमा एमाले प्रचार बिभाग सदस्य तथा अग्रज पत्रकार महेश दास, केन्द्रिय सदस्य शत्रुधन नेपाल, केन्द्रिय सदस्य केसी लामिछाने लगायतले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेषले नेकपा एमालेका प्रचार बिभाग सदस्यमा मनोन्योन हुन भएकोमा पत्रकार महेश दासलाई खादा तथा टिका लगाई सम्मान पनि गर्नु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका सदस्य, सल्लाहाकार तथा प्रेश प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा स्वागत मंतव्य प्रेस चौतारीका पर्सा उपाध्यक्ष तुलसी भंडारीले गर्नु भएको थियो भने सहजीकरण सचिव राजेन्द्र सिंहले गरेका थिए ।