बिरगंज । पर्साको धोबिनी गाऊपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलमाथी दुर्व्यवहार गर्ने कार्यपालिका सदस्य शान्ति देबीका श्रीमान धर्मन राउत कुर्मीबीच आज सहमति भएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियामा भएको छलफलमा धर्मन राउत कुर्मीले आफुसंग गल्ती भएको स्वीकार गरी अब देखी फेरी यस्तो घटना नदोहोरिने शर्तमा लिखित र मौखित रुपमा योजना प्रमुख पटेलसंग माफी माँगेका थिए त्यस पछी दुबै जना बीच सहमति भएको थियो।
गत माघ १३ गते कार्यपालिका सदस्य शान्ति देवीका श्रीमान धर्मन राउत कुर्मीसहित ५/७ जानाको समूहले मोटर खरिदका लागी कार्यआदेश अर्कों ठेकेदारले पाएको भन्दै किन योजना संचालन गार्यो , किन मैले भनेको ठेकेदारले योजना पाएन , किन अर्कों ठेकेदारले कार्यआदेश पायो भन्दै २ घण्टा योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा थुनी नानाथरीका गली ग्लोज गरी जानले मार्ने जस्ता धमकी दिएका थिए ।
त्यही दिनदेखी आन्दोलनरत रहेको नेपाल निजामती कर्मचारी संगठन पर्साले आज दुबै जाना बीच सहमति भएपछी आन्दोलन स्थगित गरेको जनाएको छ।
योजना शाखा प्रमुख पटेलले शुक्रवार सरकारी वकिल मार्फत मुदा दर्ता गर्न ईलाका प्रहरी कार्यलय पोखरियामा जाहेरी चढाएका थिए ।
उक्त छलफलमा नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी , सचिव सुरेन्द्र प्रसाद यादव , धोबिनी गाऊपालिकाका अध्यक्ष सुरेस प्रसाद कुर्मी ,धोबिनी गाऊपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह , नेपाली कांग्रेशका नेता रमेश पाण्डेय लगायतको उपस्तिथि रहेको थियो।