वीरगन्ज १८ मंसिर : एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले यो उपाधि पाएको यो तेस्रो पटक हो ।
बैंकको कुल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण सहरी, अर्ध सहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोबारलाई समेत प्रश्रय दिएको छ ।
निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफ्ना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।