बिरगंज । पर्साको धोबिनी गाऊपालिकाको अडिट गर्न अवरोध गर्ने कार्य भईरहेको छ । पालिकामा भएको कामकाजको बारेमा लेखाजोखा गरी नया काम सुरु गरिने भए पनी धोबिनी गाऊपालिकामा पुरानो कामकाजको अडिट गर्न अरोध गर्ने कार्य भईरहेको छ ।
धोबिनी गाऊपालिकाका गाऊपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी सहितका जनप्रतिनिधि र पूर्व प्रमुख प्रसासकिय अधिकृत अशोक रौनियारले अडिट गर्न अवरोध गरेका छन ।
गाऊपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले पछिलो कामकाजको बिल बीजक हेरी हिसाब किताब गर्नका लागी अडिट प्रक्रिया अगाडी बढ़ाए पछी अधिकृत रौनियारले र गाऊपालिका अध्यक्ष कुर्मी सहितका जनप्रतिनिधिहरुले अडिट गर्न अवरोध उत्पन्न गरेका छन । अडिट हुने बेलामा पालिकाको जनप्रतिनिधिहरूले बिभिन्न बहानामा अडिटबाट भाग्ने गरेका छन ।
यसरी अडिट गर्न अवरोध गरिएकोमा पुरानो अधिकृत रौनियार र अध्यक्ष कुर्मीले एक आपसमा मिली करोड़ों भ्रष्टाचार गरेको आम जनसमुदायमा संका उत्पन्न हुन थालेको छ ।
पालिकामा अधिकृत रौनियार र अध्यक्ष कुर्मीको मिलोमतोमा पालिकाबाट बिना काम काजको कतीपै बिलको भक्तानी गरिएको श्रोतले जनाएको छ ।
पर्सा जिल्लाको प्रायः जसो स्थानीय तहमा अडिट भईसकेकोले धोबिनी गाऊपालिकाको अडिट गर्न प्रमुख प्रशासिक अधिकृत साहले बढी चासो र दबाव दिए पछी पालिका अध्यक्ष कुर्मी सहित केही नेताहरूले अधिकृत साहको सरुवा गराऊन मन्त्रालय पुगेको श्रोतले जनाएको छ।
पालिकाको अडित गराऊने समयमा पालिका अध्यक्ष कुर्मीले आफ्नो मिलोमतोमा गरेको भ्रष्टाचार लुकाउन आफ्नो आसेपासे अधिकृत ल्याउनमा लागेका हुन।
अधिकृत साहले पालिकाको बिकास निमित अहोरात लागीपरेको बताए । अधिकृत साहले म आऊनु भंदा अगाडी बिभिन्न किसिमको बिकाश निर्माण लगायतको काम काज गरिएको छ । उक्त कामकाजको बिल बीजक हेर्न र अडित गर्न अडिट प्रक्रिया अगाडी बढ़ाएपछी जनप्रतिनिधिहरुले चासो नदेखाएको आरोप लगाए ।
गाउँपालिका अध्यक्ष कुर्मीले केही दिनमै अडीटीङ्गको प्रक्रिया सुरु हुने प्रतिक्रिया दिए । अहिले अन्य स्थानीय तहको भईरहेको हुँदा त्यहाँको सक्किएसँगै धोबिनीको पनि हुने अध्यक्ष कुर्मीको भनाई छ ।
यस विषयमा गाउँपालिकाका पूर्व प्रशासकिय अधिकृत रौनियार संग बुझ्दा गाउँपालिकामा किन अडिट भएको छैन यस विषयमा मेरो कुनै संग्लनता रहेको छैन । तर २/४ दिन भित्र अडिट हुने सम्भावना रहेको प्रतिक्रिया दिए ।