वीरगंज,मंसिर १९
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर,५ महुवनको असपताल भवनमा २९ सौ अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्गहरुको लागी दुई दिने निःशुल्क स्वास्थ्य शिविरको बिहिबार उदघाटन भएको छ । पर्सा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक गङ्गा पन्त, शस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, सखुवा प्रसौनी गाउपालिकाका प्रमुख प्रशाकिय अधिकृत सन्देस यादवलगायतको सहभागिता थियो । गापा अध्यक्ष प्रदिप कुमार जयसवालको अध्यक्षतामा भएको उदघाटन भएको स्वास्थ्य शिबिर आज सम्पन्न हुने समाजिक बिकास शाखा प्रमुख बिनोद यादवले बताउनु भएको छ ।