बिरगंज । राष्ट्रिय युवा संघ नेपाल पर्साले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतकाे मांग राखी बिरगंजमा आज विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्साले शुक्रबार बिरगंजस्थित घण्टाघर , माईस्थान , आदर्शनगर लगायतकाे ठाउँमा प्रदर्शन गरेको हो । पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि विरुद्ध , गुमेको भूभाग फिर्ता गर , रेणु यादवलाई ब्रखास्त गर , खोप चोरी प्रकरणकाे छानबीन गर लगायतकाे नारा लगाई विरोध जुलुस निकालेको संघका अध्यक्ष मोहमद निजामको टोलीले बताए ।
प्रदर्शनका क्रममा युवाहरुले 'मूल्य वृद्धि खारेज गर' लगायत नारा लगाएका थिए । युवाहरुले हिंसात्मक अभिव्यक्ति दिने रेणु यादवलाई कारबाही गर्न पनि माग गरे । २४ लाख खोप गायव प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्नुपर्ने माग पनि राखेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा बिरगंज महानगर कमिटी सचिव सुन्दर कुर्मी , जिल्ला सदस्य सन्तोष पासवान , राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रवि गुप्ता , युवा संघ जिल्ला सचिव अर्जुन नेपाल , जिल्ला सदस्य प्रमोद पटेल , कृष्णा कुशवाहा , सुशील दास, प्रदीप गुप्ता,निरोज सेख,बिरेन्द्र कन्ठ, सुभाष साह , महानगर अध्यक्ष दिपक पटेल लगायतको उपस्थिति रहेको थियो।