वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका प्रहरी चौकी मटिअार्वाको मिलोमतोमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
प्रहरी चौकीका हवल्दार हरिन्द्र रौनियारले अाफ्नो चौकीका ईन्चार्जाका नाऊमा लत्ताकपडा , गाई भैसी , हाडयेवर ,जुत्ता चप्पल, मोटर , किराना सामानहरुको तस्करी गराउनको लागि तस्करहरु संग रमक असुली गरि तस्करीको लाईन सुचारु गरेको स्थानियहरुले बताएका छन्।
बारा जिल्लाको प्रहरी चौकी मटिअार्वामा कार्यरत रहेका प्रहरी हव्लदार रौनियार दरबन्दी जनकपुरमा रहेपनि रौनियार पावरको बलमा प्रहरी चौकी मटिअार्वामा रहि तस्करहरु संग पैसाको मोटो नजराना बुझि तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक कारोबारीले जनाएको छ।
एक कारोबारीको अनुसार प्रहरी हवल्दार रौनियारले ठुला बडा तस्करहरु संग रकम असुली गरि तस्करीको लाईन दिई तस्करी गराउदैछन् भन्ने सानो किराना पसलको लागि ल्याउदै गरेका अावशयक सामानहरुलाई पक्राउ गरि दुख दिदै अाएको स्थानीयहरुले बताएका छन्।
यस्ता भ्रष्टप्रहरीको कारणले सम्पुर्ण प्रहरी युनिटनै बदनाम हुने गरेको छ ।यस्तो गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अवाशयक देखिएको छ।