विरगंज । बिन्दवासिनि गाउँपालिका वडा ३ का वडा अध्यक्ष अनोज चौरसियाद्वारा ५० छात्रा लाई साइकल बितरण गरिएको छ । बिन्दवासिनी गाउँ पालिका वडा ३ का वडाअध्यक्ष अनोज चौरसियाले आफ्नाे वडा स्तरिय बजेटबाट झाैवाँ गुठ्ठिमा रहेकाे श्री रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयमा कक्षा आठमा अध्यनरत ५० पचास जना छात्राहरू लाई करिब पाँच लाखकाे लागतमा प्रमुखअतिथि नेपाली काँग्रेस महा अधिवेशन प्रतिनिधि अशाेक कुमार गुप्ता, बिशिष्ठ अतिथि गा.पा.उपाध्यक्ष किरण देवी गुप्ता,वडा अध्यक्ष अनाेज चाैरसिया, अतिथि हरूमा वडा सदस्य मुकेश प्रसाद साह, हरेन्द्र बरै,रूवाजबा खातुन, सरस्वती देवी वडा न३ को वडा सभापति जय प्रकाश चाैरसिया ,शिक्षकहरु, अभिभावक तथा बिधार्थी हरूकाे उपस्थितिमा साइकल बितरण गरेका छन ।


कार्यक्रम लाई सम्बाेधन गर्दै नेपाली काँग्रेश का नेता अशाेक कुमार गुप्ता ले पालिका मा बिगत पाँच वर्षे कार्यकाल पूरा हुन्न लागे पनि पालिका अन्तर्गत एउटा बिधालय पनि प्लस टु हुन न सके काे मा बिधार्थी हरू काे लागि मात्र पनि हैन यो पालिका कागी नै दुर्भाग्य रहेकाे भन्दै दुःख प्रकट गर्नु को साथै पालिका मा नेपाली काँग्रेस आगामि चुनाव चुनाव जिते मा पहिलाे बर्ष मै झाैवाँ मा.वि.लाई प्लस टु गर्ने प्रतिबध्ता गर्नु भयाे ।
सो अवसरमा वडा अध्यक्ष ले हामिले बिकास को साथै शिक्षा लाई बिशेष प्राथमिकता मा राखेकोले छात्राहरुलाइ यो साइकल लगायत को सेवा सुविधा दियेकोर कक्षा ८मा नया भर्ना भएका छात्राहरू लाई पनि पछि साईकल दिने घाेषणा गर्नु भयाे।
याे कार्यक्रम बिधालय का प्र.अ.रामचन्द्र महताे काे अध्यक्षता मा भएकाे थियाे भने सहजिकरण बिधालय का सहायक शिक्षक सुकदेव चाैरसिया ले गर्नु भएका थिए।