बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा चौकबाट चोरीको मोटरसाईकल सहित तिन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने सफिक देवानको नाममा दर्ता रहेका प्र.२ (०३) ०१४ प.४५८४ नम्बरको रातो र कालो रंग भएको मोटरसाईकल खोज तलास गर्ने क्रममा सवारी सहित तिनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २४ बर्षका आकाश प्रसाद चौरसिया, सोही स्थानमा बस्ने १९ बर्षिय निरज पास्वान र २४ बर्षिय सुनिल यादव रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । पक्राउ परेका तिनै जना माथी चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो ।