वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ७ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित प्रहरी चौकीबाट खटिएको टोलीले सो परिमाण बराबरको घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्बजनीक यात्रुबाहक बसबाट मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रवक्ता खनालका अनुसार बरामद मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याई स्थानीय बुद्धिजिवी, सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको छ ।