

वीरगंज,मंसिर २५
आज ७२ औं अन्तराष्ट्रिय मानबअधिकार दिवस पारेर समाजीक संस्था जिल्ला समन्वय समितीको पर्साको सभा हलमा शिक्षा अधिकार प्रबद्र्धनमा संचारकर्मीको भूमिका बिषय अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसिइ नेपाल र डिसिसी पर्साको आयोजनामा भएको कार्यक्रममा प्रस्तुत बिषय बस्तुमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्याक्ष केसी लामिछाने र युनिसेफ नेपालका बृजकिशोर पटेलले कार्यपत्र पस्तुत गर्नुभएको थियो । कार्यक्रममा पोखरिया न.पा.का उप प्रमुख सल्मा खातुनले प्रमुख अतिथीको रुपमा शिक्षाको बर्तमान अवस्था र सुधारको बिबिध पक्षको बारेमा प्रकाश पार्नुभएको थियो ।खातुनले शिक्षाको सुधारको लागि संचारकर्मीको भुमिका कमजोर देखिएकोमा गुनासो गर्नुभयो ।उहाँले बिद्यालयमा अनावश्यक राजनिति बढेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । त्यसैगरी पटेर्वा सुगौली पालिकाको उप. प्रमुख ममता चौधरीले पनि शिक्षालाई पालिकाहरुले एकिकृत नीति बनाएर अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । चौधरीले चुनावको बेलामा शिक्षकहरुको भुमिका राम्रो रहेको बताउनुभयो । कार्यक्रममा जसपाका अध्यक्ष रामनरेश यादब, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतले प्रस्तुत बिषयबस्तुको बारेमा धारणा राख्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष इब्राहीम देवानको सभापतित्वमा भएको कार्यक्रममा रामप्रबेश साहले स्वागत भाषण र रुपक पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो ।