

वीरगंज,मंसिर २५
ओविसी पर्सा अध्यक्ष अकलेश साहको पहल र वडा प्रहरी कार्यालय श्रीपुरको सक्रियतामा आज एक घाईते गाईको उदार गरिएको छ । १२ दिन देखि राधेमाई स्थित कर्बोलमा अलपत्र गाईको आज बिहान उदार गरि उपचार शुरु गरिएको छ । कर्बोलबाट वीरगंज महानगरले पठाएको जेसिवीको मदतले जिल्ला पशु कार्यालय पर्सामा उपचार गरिएको प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताउनुभयो ।उहाँले जिल्ला पशु कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा गाईको उपचार शुरु गरिएको जानकारी दिनुभयो । गाईको दुईवटै खुटा भाँचिएको र हिडन नसक्ने अवस्थामा रहेको जानकारी दिनुभयो । वडा प्रहरी कार्यालयको पश्चिमपटि श्रीसिया नदी छेउमा अस्थाई टहरा बनाई गाईको स्याहार सुसार शुरु गरिएको प्रहरी निरिक्षक साहले जानकारी दिनुभयो ।राधेमाईका स्थानिय अब्दुल हफिज हवारीले घाईते गाँईकोको उदारको लागि १२ दिन देखि बिभिन्न संघ संस्थालाई गुहारेका थिए । चारैतिर गुहार लगाए पनि गाँईको उदार हुन नसकेपछि हवारीले घाईते गाईबारे समाजिक संजालमा पोष्ट गरेका थिए । गाँईको अवस्थाबारे समाजिक संजालमा हेरेर उदारको लागि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह संग समन्व गरी गाईका उदार गरिएको ओबिसि पर्सा अध्यक्ष अकलेश साहले बताउनुभयो ।