बिरगंज । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बढाएको छ ।नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ५० रूपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३३ रूपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलरले बढेको छ ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई १ महिनामा नै अर्बौं घाटा हुने भन्दै निगमले पेट्रोलियमको भाउ बढाएको हो ।
.jpeg)