बिरगंज । पर्सा जिल्लाको बिरगंजबाट लागु औषध NITRAVET - 10 सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध NITRAVET - 10 भारतबाट नेपालतर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
शनिवार राति करिब पव्ने आठ बजेको समयमा बोर्डर आउट पोष्ट अलौबाट सशस्त्र प्रहरी बरिष्ठ हवलदार पदम सिंह माहराको कमाण्डमा खटिएको टोलीले नेपालतर्फ लगिरहेको अवस्थामा लागु औषध सहित एकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
चितवन जिल्लाको रानी नगरपालिका वडा नम्बर ४ बस्ने १९ बर्षिय प्रदीप पोखरेललाई लागु औषध NITRAVET - 10 सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको लागु औषध NITRAVET - 10 ९ पतासहित पोखरेललाई अवाश्यक कारवाहीको लागी प्रहरी चौकी सिरिसियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।