भिस्वा । पर्सा जिल्लाको छिपहरमाई गाऊपालिकाको भिस्वाबाट अबैध लागु औषध चरेस सहित कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको छ । अबैध चरेस सहित कटुवा पेस्तोल नेपालबाट भारततर्फ पैदल लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखनसाथ झोला फाली भारततर्फ मानिस भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
शनिवार राति करिब पव्ने ११ बजेको समयमा बोर्डर आउट पोष्ट भिस्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक रजेस्वर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले उक्त झोला फेला पारी हेर्दा उक्त झोलाबाट चरेस जस्तो देखिने लागूऔषध २ पकेट , कटुवा पेस्तोल १ थान र कटुवा पेस्तोलमा प्रयोग हुने ७.६२ मी.मी. राउण्ड १ थान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागु औषध चरेस सहित कटुवा पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने राउण्ड इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।