बिन्दवासिनि । बिन्दवासिनि गाउँपालिका वडा ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले सामुदायिक बिधलायहरुमा ब्याग बितरण गरेका छन । वडाअध्यक्ष चौरसियाले आफ्नो वडा स्तरिय बजेटबाट मधवल र अमरपट्टीमा अध्ययनरत बालबिकास देखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई ब्याग बितरण गरेका छन ।
ब्याग बितरण गर्दै वडा अध्यक्ष चौरसियाले सामुदायिक बिधलायप्रति बिधार्थीहरुलाई आकर्षित गर्न तथा बिधार्थीहरुलाई प्रोत्साहित गर्ने उदेशयले ब्याग बितरण गरिएको बताए ।
वडा अध्यक्ष चौरसियाले बिकासको साथै शिक्षालाई बिशेष प्राथमिकतामा राखेकोले बिधार्थीहरुलाई यो ब्याग लगायतको सेवा सुविधा दिएको बताए ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख कपिल लमिछाने , वडा सदस्य , बिधालयका प्रधानाध्यापक , शिक्षक शिक्षिकाहरुको उपस्तिथि रहेको थियो ।