कालिकामाई । पर्साको कालिकामाई गाउँपालिकामा भएको भ्रष्टचार प्रकृयागत रुपमा मिलान गर्न त्यहाँका वडाअध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृतको सरुवामा लागेको गाऊँलेहरूले आरोप लगाउँन थालेका छन । तत्कालिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको मिलोमतोमा गाउँपालिकामा भ्रष्टचार भएको स्थानीयहरुले आरोप लगाएका छन ।
अधिृकत साहले केहि गाउँपालिकाका जनप्रतिनिधिहरुको मिलोमतोमा सडक ढलान देखि लिएर नहर सरसफाई, नाला, सडक ग्रेभल लगायत भौतिक पूर्वाधार देखि लिएर राहत वितरण समेतको कार्यक्रममा व्यापक भ्रष्टचार गरेका छन । भ्रष्टचार मिलाउँन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह सिपालु मानिने गरेका छन ।
दुर्भाग्यवश अधिकृत साहलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि सरुवा खारेज गराउँन केही वडाअध्यक्षहरु अहिले मन्त्रालय धाई रहेको श्रोतले जनाएको छ । वडाध्यक्षहरु वडाको कामकाज छोडी प्रमुख प्रशासकिय अधिकृतको सरुवा गराउँनमा व्यस्त देखिएका स्थानिय एकजना बुद्धिजिवीले नाम नछाप्ने सर्तमा बताए ।
गाउँपालिकामा १४ महिनादेखी कार्यरत रहेका अधिकृत जयचन्द्र साहको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेर अमित कुमार गिरीलाई पठाएपछि केही वडाध्यक्षहरु वडाको कामकाज छोडी काठमाडौं पुगेका हुन । गाउँपालिकाको केही कर्मचारीहरु र वडाअध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत गिरीको सरुवाको लागि काठमाडौं पुगेका हुन् ।
यी वडाध्यक्षहरु ५ दिनदेखी वडा कार्यालयमा नबस्दा वडाबाट प्रवाह हुने सेवाबाट वडाबासीहरु बंचित भएका छन् । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएकै दिन गाउँ कार्यपालिका कार्यालयको दर्ता, चलानी र हाजरी रजिस्टर लुकाएर योजना शाखा अधिकृत रौनियार सहित जनप्रतिनिधि काठमाडौं पुगेका थिए । तर आईतबार बसेको कर्मचारीहरुको बैठकमा लुकाईको दर्ता, चलानी, हाजिरी रजिष्टर फिर्ता गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत गिरी आए कै दिन गाउँपालिकाको दर्ता, चलानी रजिष्टर र हाजरी रिष्टर लुकाएर सरुवा गराउन काठमाडौं पुगेका यी वडाध्यक्षहरुको नियत प्रति गाउँवासी अशंका गर्न थालेका छन् । वडाध्यक्षहरुको मिलोमतोमा निति, नियम विपरित काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत साहलाई पुन गाउँपालिकामा ल्याउन विभिन्न किसिमको प्रयास गरे पनि आइतबार सम्म सफल हुन सकेको छैन ।
गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएपछि विगतमा भएको भ्रष्टाचारको भण्डाफोर हुने डरले वडाध्यक्षहरु त्रसित भएको समाचार स्रोतले जनाएको छ । जयचन्द्र साह र गाउँपालिका विरुद्ध दर्जनौ मुद्दा अख्तियारमा विचारादिन छ । कर्मचारी नियुक्ती देखि लिएर पूर्वाधार निर्माण, राहत समाग्री वितरण लगायतमा करौडौ भ्रष्टचार भएको छ ।
हुन त कालिकामाई गाउँपालिकाबाट सरुवा भएको एक साता नवित्दै पुन जय चन्द्र साहलाई त्यही गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा थप जिम्मेवारी दिएर पठाईएको थियो । उनको धोबिनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी दिएको छ ।
कालिकामाई गापामा भएको भ्रष्टचार उजागर नहोस् भनेर स्थानिय केहि जनप्रतिनिधि र सरुवा बढुवा गराउँन आफूलाई सक्षम कारिन्दा ठान्ने (राजनितिक माफिया) ले जयचन्द्र साहलाई थप जिम्मेवारी हुने गरी दुई पालिकाका हेर्ने गरी कालिकामाईमा सरुवा गराउँन सफल भएका थिए । तर उनको सरुवा भएको केहि दिनमै पुन अमित गिरीलाई सरुवा गरेपछि अहिले जनप्रतिनिधि र केहि कर्मचारीहरुले मिलेर सरुवा गराउँन मन्त्रालय पुगेका छन ।