बीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले १४० किलो लागु औषध गाँजाका मुदामा फरार रहेका प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–१ का ५१ वर्षीय गुमानी साह रहेका छन ।
मिति २०६९।०९।०६ गते अं. २२:३० बजेको समयमा जिल्ला पर्सा साविक मिर्जापुर गा.वि.स. वडा नं.४ हाल परिवर्तित छिपहरमाई गा.पा. वडा नं. १ स्थित बस्ने साहको गोठघरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको सुचनाको आधारमा प्रहरी चौकी मिर्जापुरबाट टोली खटि गई उक्त स्थान खानतलासी गर्दा साहको गाईगोठमा २ वटा टिनको ड्रम भित्रबाट लागु औषध गाँजा १४० किलो बरामद गरेको थियो ।
फरार रहेका साहलाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट बिशेष सूचनाको अधारमा मिति २०७८।११।२४ गते १७:३० बजे जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ स्थितबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।