वीरगन्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बिन्दबासिनी गाऊपालिकामा भि.एस.ओ नेपाल र आसमान नेपालको सहजिकरणको आयोजनामा र्र्याली कार्यक्रम सम्पन्न भएको छ ।
बिन्दबासिनी गाऊँपालिकाकी उपाध्यक्ष किरण देवीको सन्योजकत्व तथा सामाजिक विकास शाखा प्रमुख नरेश प्रसाद चौहानको प्रमुख आतिथ्यमा र्र्याली तथा सभाको आयोजना गरी भब्यताका साथ सम्पन्न गरिएको पालिकाले जनाएको छ । यस्ता र्र्याली कार्यक्रमले महिलाहरुलाई हौसला प्रदान गर्ने गरेको भन्दै महिलाहरु हरेक क्षेत्रमा खुलेर आउनुपर्नेमा उपाध्यक्ष गुप्ताले जोड दिनुभएको थियो ।
बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका महिलाहरूको सहभागिता रहेको थियो ।साथै महिला तथा बालबालिका शाखाका प्रमुख कौशल्या कुमारी साह तथा सामाजिक परिचालिका कुमारी बिन्दु चौरसियाको समेत उपस्थिति रहेको थियो।